काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक बोलाएका छन् । दिउँसो साढे १२ बजेका लागि दाहालले आकस्मिक बैठक बोलाएका हुन् ।
आज सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
आज बिहान प्रधानमन्त्री दाहालले बालुवाटारमा सोही विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो ।




