एजेन्सी, १२ असोज । टर्कीको ठूलो शहर इस्तानबुलमा भएको बिष्फोटमा पी दुई जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
इस्तानाबुल गभर्नरको कार्यालयले बिष्फोट बहसेलिभर जिल्लाको एक भवनमा प्राकृतिक ग्याँस कम्प्रेसनका कारण भएको थियो । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । बिष्फोटपछि आगो लाग्नबाट रोक्न विभिन्न अग्नियन्त्रकहरुको परिभालन गरिएको थियो भने आसपासका क्षेत्र खालि गराइएको थियो ।