टर्कीको इस्तानबुलमा आगलागी,३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टर्कीको इस्तानबुलमा आगलागी,३ जनाको मृत्यु

एजेन्सी,२ माघ । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एक कम्पनीमा आगलागी हुँदा तीन कामदारको मृत्यु भएको छ । साथै दुई जना घाइते भएका छन् ।

शहरको एशियाली छेउमा रहेको सुल्तानबेली जिल्लामा निजी कम्पनीका कामदारहरु बसेको कन्टेनरमा आगलागी भएको कार्यालयले जनाएको छ ।

घाइते कामदारहरुमा एकको अवस्था गम्भीर रहेको भन्दै अस्पताल लगिएको उल्लेख गरिएको छ । घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

कामदारहरूले कन्टेनरमा रहेको चुलो बाल्न खोज्दा आगलागी भएको र बिस्फोट भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);