बुटवल उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी घोषणाको थालनी | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

बुटवल उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी घोषणाको थालनी

बुटवल, ११ असोज ||
बुटवल उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिँदै गर्दा बुटवलमा उम्मेदवारी घोषणाको थालनी गरिएको छ । आगामी असोज १९ गते हुन गइरहेको कार्यसमिति निर्वाचनका लागि संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरिएको हो ।

उद्योग वाणिज्य संघको संस्थापन पक्षबाट वर्तमान वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको नेतृत्वमा टिमको उम्मेदवारी घोषणा गरिएको छ । यस अघिका ६ जना पूर्व अध्यक्षहरुले प्रस्तावित उम्मेदवारहरुलाई विजयीको शुभकामना दिएका थिए । दिनेशप्रसाद श्रेष्ठ समुहबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा नविनप्रसाद श्रेष्ठ(नवराज), वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई, महासचिवमा बाबुराम बिक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ, सचिवमा प्रतिक पोखरेल र सह कोषाध्यक्षमा जाकिर हुसेनलाई प्रस्ताव गरिएको छ । श्रेष्ठले ४ कार्यकाल कार्यसमिति सदस्य, १ कार्यकाल सचीव, १ कार्यकाल कोषाध्यक्ष, १ कार्यकाल महासचिव हुँदै वर्तमान वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले बुटवललाई अन्य शहर र बजारसँग प्रतिस्पर्धी बजारका रुपमा विकास गर्ने, राजमार्ग चौराहाबाट गोलपार्क सम्मको अस्तब्यस्त ढल निर्माणको पहल गर्दै सो क्षेत्रलाई व्यवसायिक वातावरण बनाउने, सिमावर्ती भारतिय बजारमा किनमेल गर्ने उपभोक्तामा जागरण ल्याई स्वदशी बजारमा किनमेल गर्न प्रोत्साहित गर्ने कार्यक्रम संचालन गर्ने लगायतका १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरे ।

यस्तै कोषाध्यक्ष पदका उम्मेदवार प्रकाशकुमार श्रेष्ठले व्यवसायीहरुका समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा पूर्व अध्यक्षहरु जिवन ओझा, अर्जुनमान सैजु, नवराज श्रेष्ठ, निर्मल लाकौल, सुरेन्द्र श्रेष्ठ, महेशमान सिंह, खिमबहादुर हमालसहित वर्तमान अध्यक्ष उज्वल कसजुको उपस्थिती रहेको थियो ।

संघको ७० औं साधारण सभा तथा २५ औ अधिवेशनमा २ वटा प्यानलले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । औपचारिक घोषणा नगरिएपनि व्यवसायी हरिप्रसाद अर्यालले पनि अध्यक्ष पदमा प्यानल सहित उम्मेदवारी दिने बताउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);