तनहुँ, १० असोज । विश्व पर्यटन दिवसको अवसरमा आज बन्दीपुर गाउँपालिकाले विविध कार्यक्रम गरी मनाउँदै छ । आज २७ सेप्टेम्बर बिश्व पर्यटन दिवसको अवसरमा पर्यटकीय नगरी बन्दीपुरले बिहान ८ बजे आइपुुग्ने पहिलो पाहुनालाई स्वागत, एवं झाँकीसहित सम्मान गरिने अध्यक्ष सुरेन्द्र थापाले बताए ।
त्यस्तै बन्दीपुरबाट बाहिरिने पाहुनालाई पनि स्वागत गर्दै झाँकीसहित बजार परिक्रमा, पर्यटकहरुसहितको उपस्थितिमा पर्यटन ब्यवसायी, पत्रकार, बुद्धिजीवी, जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम तय भएको अध्यक्षले बताए ।
आजै बन्दीपुर बजारमा फुड फेस्टिवलको पनि आयोजना गरिएको छ । त्यसैगरी, बेलुका ७ बजे बन्दिपुरको पर्यटनसँग सम्बन्धित डकुमेन्ट्री प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।