आज कोशी,बागमती, लुम्बिनी र गण्डकीमा हल्का वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

आज कोशी,बागमती, लुम्बिनी र गण्डकीमा हल्का वर्षा हुने

काठमाडौं, १० असोज । हाल मनसुनको न्यून चापीय रेखम सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर–प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ । महाशाखाको अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति, कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

ताजा समाचार