देशको आर्थिक अवस्था दयनीय छ : प्रदीप पौडेल | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

देशको आर्थिक अवस्था दयनीय छ : प्रदीप पौडेल

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा आइतबार बोल्दै पौडेलले यस्तो आरोप लगाएका हुन् । “हाम्रा साथीहरु मन्त्रिमण्डलमा भइरहँदा राम्रो काम गरेको भनेर मैले देशभरी भाषण गर्न पाइएन ।

मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धी भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन् ।”–उनले भने ।

देशको आर्थिक अवस्था दयनीय रहेको टिप्पणी गर्दै उनले ३५ प्रतिशत सटरहरु आज बन्द रहेको बताए । खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको भन्दै नेता पौडेलले एक बोरा चामलमा तिन समयसम्म बढेको सुनाए ।

यसबारे सभापति शेरबहादुर देउवाले नै सरकारलाई काम गर भन्नुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);