आरती साहका दोषीलाई सरकारले छोड्दैनः सहसचिव भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

आरती साहका दोषीलाई सरकारले छोड्दैनः सहसचिव भट्टराई

काठमाण्डौ, ४ असोज
महिला तथा सामाजिक मामिला समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आरती साह मृत्युप्रकरणका दोषी कोहीलाई पनि सरकारले नछोड्ने बताउनु भयो । उहाँले अदालतले दोषी देखाए जो कोही पनि कारबाहीको दायरामा आउने बताउनु भयो । उहाँले सरकारले अनुसन्धानमा कुनै कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रहरीले ज्यादती गरेको ठहरिए ति प्रहरीहरुको निलम्वन गर्न सरकार पछि नहट्ने पनि बताउनु भयो ।

उहाँले पीडित पक्षहरुलाई घटनास्थलमै गएर अनुसन्धानमा सघाउन अनुरोध गर्दा नमानेकोप्रति दुःख व्यक्त गर्नुभयो । आरती साह जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । सो घटनामा प्रहरीले उनका श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । माईती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);