प्रचण्डले आज संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै, भोलि चीन जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रचण्डले आज संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै, भोलि चीन जाने

काठमाडौँ, ४ असोज । अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री दाहालले यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्ने बुझिएको छ ।

भ्रमणका लागि अमेरिका पुुगेका प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसलगायत विभिन्न मित्रराष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट भोलि चीन प्रस्थान गर्दैछन् । असोज १३ असोज गते दाहाल स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);