तिमिलाई भेटेपछी... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

तिमिलाई भेटेपछी…

तिमिलाई भेटेपछी आफ्नै उमेर पनि घटाउ झै लाग्यो
प्रेम सागरमा डुबेर बाकी जिन्दगी नै कटाउ झै लाग्यो।।

चिसो शरीर मेरो तात्न थाल्यो तिम्रो यौबन को ताप ले
अङालो मा बाधेर यौबन को तृष्णा पो हटाउ झै लाग्यो।।

यो जिन्दगि जति जिए पनि धित नै न मर्ने पो रहेछ त
कस्तो हुन्छ मधुमास को पलतिमि लाई बताउ झै लाग्यो।।

लाग्दो होला उमेर घटाउदै आफ्नो चाहना पुग्छ कसरी
तिम्रो काख मा बसेर माया पिरती ले सताउझै लाग्यो।।

आउ बस मेरो समीप मनको ढोका खोल एक पटक
तिम्रो आँखाको नानी भित्र सधै भरी अटाउ झै लाग्यो।।

 सुरेश बैद्य

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);