पृय चेला अब त केही बुझ ! | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

पृय चेला अब त केही बुझ !

-शरदचन्द्र खनाल

तिमिलाई सानो उमेरमा पढाएं
हातले पेन्सिल समात्न सिकाएं
पेन्सिलले कापीमा अक्षर लेख्न सिकाएं
बिग्रिएका अक्षरलाई इरेजरले मेट्न सिकाएं
अक्षर मात्र हैन अंक चिनाएं ,चित्र कोर्न सिकाएं
अल्लि ठूलो भयौं अनि
शब्द, वाक्य , कथा, कविता अनुच्छेद पढाएं
जोड,घटाउ,गुणन,भाग सिकाएं
तिम्रो सफलताको लागि बारम्बार दोहोर्याएर पढाएं
तिमी कक्षामा उनाचो गर्दा संझाएं बुझाएं
तिमि असफल हुँदा अरूले थाहा नपाउने गरी म आफै रोएं
तिमी ठुलो हुदै गयौ
फेरि पनि मैले नै पढाएं विज्ञान पढाएं, गणित पढाएं, मानव मूल्य पढाएं , अंग्रेजी पढाएं , सामाजिक पढाएं, अनि अनि
बिभिन्न विषयहरू पढाएं
तिमिलाई सि , बाह्र पास गराएं
तिमि मध्य कोही ५,८,१०,१२ मै अल्झियौ
म नरमाइलो मानि पिरोलिएं
तैपनि तिमि कोही नेता कार्यकर्ता, समाजसेवी, विभिन्न समितिका अध्यक्ष,सांसद, मन्त्री बन्यौ
तिमिलाई साथ दिएं भोट दिएं
पढ्न नसके पनि तिम्रो प्रगतिमा म खुशीले गदगद भएं
तिमि मध्य कोही कलेज, युनिभर्सिटी पढ्न गयौ
सर्टिफिकेट दिएं खुशीले विदाईको हात हल्लाएं
बिभिन्न पेशा व्यवसायमा लाग्यौ, दक्ष जनशक्ति भयौ
डाक्टर, इन्जिनियर, पाइलट, उधोगी ,व्यावसायी बन्यौ
त्यतिमात्र कहाँ हो र
निजामती कर्मचारी बन्यौ
शिक्षाको कर्मचारी बन्यौ ,
मलाई पढाउने तरिका सिकाउन आयौ , मेरो अनुगमन गर्यौ , मैले मानी रहें , मेरो चेलाको प्रगतिमा खुशीले गदगद भएं
अझै तिमी ठुलो मान्छे बन्यौ
मेरो लागि कानुन , ऐन लेख्यौ तर मेरो बिरुद्ध लेख्यौ
मैले बारम्बार यसो नगर्न सल्लाह र सुझाब दिएं तिमिले मानेनौ
अहिले मैले सहन सकिन मेरा पृय चेलाहरू
म अधिकारको लागि आन्दोलनमा होमिएको छु
गाउँ गाउँबाट भिष्म प्रतिज्ञा गरेर आएको छु
माग पुरा नभएसम्म गाउँमा नफर्कने गरी आएको छु।
तिमिहरु मध्ये कोहीकोही संग आषा थियो
अब त्यो पनि हरायो
विद्यार्थीको चिन्ता नमान, बिदामा पढाएर पनि उतार्छु
तर अहिले मलाई रोक्ने कोशिश नगर
बरू छिट्टै यो समस्याको समाधानमा लागि ,गुरुको सम्मानमा जुट , यसैमा सबैको भलाई छ,
बाहिर पनि हेर गुरुको कस्तो सम्मान र आदर छ
अब त बुझ
मैले अझै कडा रूप देखाउन नपरोस्
किनकी म द्रोणाचार्य हुं,दुर्बासा हुं,शुक्राचार्य हुं, सन्दइपनई हुं
म समस्त गुरुजन हु
सानोमा तिमि छिट्टै र धेरै बुझ्थ्यौ
पृय चेला अब त केही बुझ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);