मैले सकिनँ छोरा भनेर १२ तल्लाबाट हामफाल्न बाध्य भए पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मैले सकिनँ छोरा भनेर १२ तल्लाबाट हामफाल्न बाध्य भए पाण्डे

काठमाडौं । कम्बोडियाको पोइपेटस्थित एक क्यासिनोमा भएको आगलागीमा परी झापाका ४० वर्षीय निराकार पाण्डे सहित २४ जनाले ज्यान गुमाएका छन् ।

उक्त क्यासिनोमा अरु नेपालीहरू पनि काम गर्ने भएपनि उनीहरूको अवस्थाबारे बुझिएको छैन् ।

झापाका पाण्डेले मृत्यु हुनुअघि परिवारलाई भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । क्यासिनोको १२औं तलामा रहेका उनले त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए ।

भिडियो कल गर्दै उनले भनेको संवाद

‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ्स यू । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है । आर्मन इज द बेष्ट है सानु । अब सुन है । मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नु है । लमजुङ बुबा मामुलाई माया गर्नु सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनु । माइजुहरूलाई चित्त नदुखाउनु । उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले ।

लमजुङ बुबाआमाले पनि धेरै गर्नुभएको छ । है सानु तिमी धेरै ठूलो मान्छे बन्नु । ज्ञानी हुुनु । अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ । है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु । उसले मलाई दाजु भन्छ । उसलाई एकदम रेस्पेक्ट गर्नु, है बाबु ।

भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु । राम्रो मान्छे बन्नु । कसैलाई चिट गर्नुहुन्न छोरा । मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा । मैले सकिनँ । तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन् । सँधै शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानि कि मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ, आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, ज्ञानी बस्नू ।’

 

उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरेकाले आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);