राजकीय सम्मानसहित निवासबाट निकालियो नेम्वाङको पार्थिव शरिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

राजकीय सम्मानसहित निवासबाट निकालियो नेम्वाङको पार्थिव शरिर

काठमाडौं, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको पार्थिव शरिर उनको निवासबाट निकालिएको छ ।

नेम्वाङको अन्त्येष्टिका लागि नेपाली सेनाले सलामीसहित शोक धुन बजाएर शवयात्रा शुरु गराएको हो ।

संविधान सभा अध्यक्ष समेत रहेका दिवंगत नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । उनको शवयात्रा निजि निवास बालुवाटार, शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल गौशला हुँदै पशुपति आर्यघाटमा लगिने छ ।

उनकै अन्त्येष्टिको लागि आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । उनको सोमबार राति साढे १ बजे निवासमै निधन भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);