सुवास नेम्वाङको आज राजकिय सम्मानसहित अन्त्येष्टि गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सुवास नेम्वाङको आज राजकिय सम्मानसहित अन्त्येष्टि गरिदै

काठमाडौं, २८ भदौ । सोमबार राति आफ्नै घरमा निधन भएका संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकिय सम्मानका साथ अन्येष्टि गरिदैछ छ । नेम्वाङ सोमबार राति १ बजे शौचालयमा बेहोस अवस्थामा भेटिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल पुराइएको थियो । अस्पताल लगे लगत्तै उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

नेम्वाङको पार्थिव शरिर २ दिनसम्म पार्टी कार्यालयमा राखेर बुधबार उनकै निवासमा लगिएको हो । नेम्वाङको मुन्थुम र हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल गौशला हुँदै पशुपति आर्यघाटमा लगिने जनाइएको छ ।

विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख भएका नेम्वाङ २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए । नेम्वाङ विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बने । उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित भएका नेम्वाङ संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);