डडेल्धुराको मुख्य धार्मिक पर्यटकीय स्थल पर्यटनको पर्खाईमा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

डडेल्धुराको मुख्य धार्मिक पर्यटकीय स्थल पर्यटनको पर्खाईमा

बिमल जैरु, डडेल्धुरा २८ भाद्र । सुदूरपश्चिमको डडेल्धुरा भौगोलिक रूपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रूपमा उत्तिकै रमणीय पनि छ । प्रकृतिको उपहारसँगै यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरू छन । त्यसैमध्येको एक हो, डडेल्धुराको अमरगढी नगरपालिका– ७, पोखरामा अवस्थित धार्मिक पर्यटकीय स्थल उग्रतारा मन्दिर जो अहिले पर्यटनको पर्खाईमा छ ।

सुदूरपश्चिम प्रदेशकै मुख्य धार्मिक पर्यटकीय स्थल उग्रतारा मन्दिर डडेल्धुराको सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल डाडामा रमणीय प्रकृति फाँटमा अवस्थित उग्रतारा देवीको मन्दिर रहेको छ । प्राकृतिक रूपमा उत्तिकै रमणीय उग्रतारा देवीको मन्दिरमा चाडपर्वका बेला भने दिनहुँ जसो भक्तजनहरूको पूजाआजा गर्न घुईचो लाग्ने गर्छन । यो उग्रतारा मन्दिरलाई सूदूरपश्चिमका ९ भगवतीका मन्दिरहरू मध्य एक मन्दिर मानिन्छ । यस उग्रतारा मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन प्रसिद्ध मेला अर्थात देइजात हुने गर्छ । देहिजातको रूपमा मानिने उग्रतारा भगवतीको मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू आउँछन । धार्मिक तथा ऐतिहासिक पर्यटकीय सम्भावना बोकेको उग्रतारा मन्दिरमा दर्शन गर्न पाउदा मन आनन्द भएको पर्यटकको भनाई छ ।

जिल्लामा देशकै शक्तिपिठ मध्येको एक उग्रतारा मन्दिरमा पुजापाठ र दर्शन गर्न आउने भक्तजनहरूले आफन्तको स्वास्थ्य लाभको कामना तथा प्राकृतिकको आनन्द सगै रमणीय दृश्य अबलोकन पनि गरिरहेका हुन्छन ।

मेला बाहेक अन्य समयमा पनि आन्तरिक तथा बाहीय श्रद्धालु भक्तजनलगायत अवलोकनका लागि अधिकांश पर्यटक आउने गर्छन । यहा आउने भक्तजनलगायत अवलोकनका लागि आएकाहरुले पनि संच्चा मनले उग्रतारा माताको दरवारमा दर्शन गरे मनले चाहेको पुग्ने पुजारीको भनाई छ ।

जिल्लामा बिभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु धेरै भएपनि संरक्षण र प्रचार प्रसार हुन नसक्दा पर्यटकीय स्थलहरु अझैसम्म पनि ओझेलमा परेका हुन ।

 

 

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);