उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात

डडेल्धुरा । डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात भएको छ। ग्लोबल आईएमई बैंक र उग्रतारा क्षेत्र विकास समितिको सहकार्यमा उक्त सेवाको सुरुवात गरिएको हो।

अब जुनुसुकै बैंकको मोबाइल बैंकिङ एप, ई-सेवा, आईएमई-पे, फोन-पे लगायतका डिजिटल माध्यमको प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट जो सुकैले पनि सजिलै उग्रतारा मन्दिरलाई दानदक्षिणा चढाउन सक्ने ग्लोबल आईएमई बैंक डडेल्धुरा शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिए । उनले बढ्दो प्रविधिको प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीतिलाई सफल पार्न यो प्रयास गरेको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);