प्रभु ग्रुपको ’प्रभु पे’ डिजिटल वालेट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रभु ग्रुपको ’प्रभु पे’ डिजिटल वालेट सुरु

prabhu pay

काठमाडौं, २४ साउन । प्रभु ग्रुपले नेपालमा ’बालेट अब मोबाइलमा’ भन्ने नारा सहित ’प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ । बिहीबार एक समारोहकाबीच प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले ‘प्रभु पे’ डिजिटल वालेटको प्रयोग गरि सेवाको सुरुवात भएको जानकारी गराए ।

‘प्रभु पे’ डिजिटल वालेट आफ्नो मोबाईलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्न सकिने जनाइएको छ ।

वित्तिय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली पानीको बील भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाईल रिचार्ज गर्न यो एपले सहयोग पु-याउने छ । प्रभु पेले नियमित ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बिमाको सुविधा पनि दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);