कुटपिटबाट हेटौडामा २ चिकित्सक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कुटपिटबाट हेटौडामा २ चिकित्सक घाइते

काठमाडौं, २८ भदौ । हेटौंडामा दुई चिकित्सकहरुमाथि हातपात भएको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो । चिकित्सकहरु विकास थापा र प्रशान्त विडारीमाथि एचडियुवार्डमा कुटपिट भएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि डेङ्गु परिक्षणको क्रममा राजेश प्रधानको उपचारमा लापरवाही भएको भन्दै एक समुहले कुटपिट गरेको बुझिएको छ । प्रधान आराम गर्ने भनेर घर गएका थिए । उनलाई पुनः डेङ्गु देखिएपछि अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा प्रधानको मृत्यु भएको थियो ।

कुटपिटबाट चिकित्सक मध्ये थापाको नाकमा गम्भिर चोट लागेको छ । अन्य डाक्टरहरुले ओपिडी सेवा बन्द गरेर आन्दोलन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);