काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । नेम्वाङको गए राति १ बजे निधन भएको थियो ।
उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । अस्पतालबाट राजकिय सम्मानका साथ निकाल्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने बुझिएको छ ।
केही बेर अघि अस्पताल पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले शव पार्टी कार्यालय नलैजान आग्रह गरेका थिए ।