अफ्रिकन युनियन जी–२० को स्थायी सदस्यका रूपमा समावेश | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

अफ्रिकन युनियन जी–२० को स्थायी सदस्यका रूपमा समावेश

नयाँ दिल्ली, भाद्र २३
भारतको नयाँ दिल्लीमा भइरहेको जी–२० शिखर सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा समावेश गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गर्नु भएको हो ।

जी २० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका रहेका छन् ।

समूहको २० औं सदस्य युरोपेली संघ हो । अफ्रिकन युनियन यस संस्थामा स्थायी सदस्य बनेपछि अहिले १९ देश र दुई महासंघ सदस्य भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);