काठमाडौं, २ माघ । नेपाली कांग्रेसले बिहिबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।उक्त बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बेहोरेको हारको समिक्षा गर्ने छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि हारको समिक्षा गर्न कांग्रेसले माघ ४ गते का लागि केन्द्रिय समिति बैठक बोलाएको हो । केन्द्रिय समिति बैठक बोलाउन नेता रामचनद्र पौडेल समुहले दवाव दिएपछि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेताको बैठकले केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरेको हो । यसअघि युवा नेताहरुले पनि केन्द्रिय समिति र महासमिति बैठक बोलाउन सभापतिलाई दवाव दिएका थिए । केन्द्रिय समिति बैठक माघ ४ गते विहान ११ बजेको लागि बोलाइएको छ ।