२०८४ को चुनावमा सबै क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन गर्दैनः  महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

२०८४ को चुनावमा सबै क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन गर्दैनः  महामन्त्री थापा

सुवास आचार्य

बागलुङ, भाद्र १९

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले २०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन नगर्ने दाबी गर्नु भएको छ ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिले आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै थापाले गत स्थानीय निर्वाचनको गठबन्धन लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीतको भएको टिप्पणी गर्नु भएको हो । चुनावअघि गरिने गठबन्धनले लोकतन्त्रको मूल्य बिगार्ने भन्दै थापाले अहिले चुनाव जितेर पनि कार्यकर्तामा निराशा आउनुको परिणाम यही रहेको बताउनु भयो ।
२०८४ सालमा सबै पालिका सबै सिट गुमाएर चकटीमा बस्नु परोस्, तर कार्यकर्ताको शीर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन नहुने बताउनु भयो ।

थापाले नागरिकले लडेर देशमा लोकतन्त्र र गणतन्त्र ल्याए पनि पार्टीमा गणतन्त्र नआएको बताएका धारण राख्नु भयो । चुनावका बेला नेताले टिकट दिने पद्धति सच्याएपछि मात्र कांग्रेसमा लोकतन्त्र आउने थापाको भनाई छ ।
हरेक वडा, नगर र क्षेत्रीय सम्मेलनबाट वडाध्यक्ष, मेयर र अध्यक्ष तथा प्रदेश र संघीय संसद्को उमेदवार छनौट गर्न सकेमा मात्र कांग्रेस पार्टीभित्र गणतन्त्र आउने महामन्त्री थपाको भनाइ छ ।

आगामी मंसिरमा हुने महासमितिको बैठकमा महामन्त्री थापाले उक्त एजेन्डा लगेर विधान परिवर्तन गर्न पहल गर्नेसमेत बताउनु भयो । १ सय ४ वर्षको राणा शासन र ३० वर्षको पञ्चायत फालेको कांग्रेसले आन्तरिक राजतन्त्र फाल्न नसकेको महामन्त्री थापाको टिप्पणी छ ।
थापाले आगामी महाधिवेशन समयमा गरेर एक वर्षभित्र क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्र निर्वाचनमा जाने गरी फाइल पद्धति विकास गर्ने समेत बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार ढाल्ने षडयन्त्र प्रयास हुँदैछ भन्ने अभिव्यक्तिको पनि महामन्त्री थापाले खण्डन गर्नुभयो । यस्तै पार्टी र गुटको प्रतिनिधित्व गरेर गएका कांग्रेसका मन्त्रीहरु प्रति पनि महामन्त्री थापाले कटाक्ष गरेका गर्नु भयो ।
क्षेत्रीय सम्मेलनमा वडा–वडाबाट आएका क्षेत्रीय प्रतिनिधि, जिल्ला र प्रदेश तहका पदाधिकारी समेत गरी १ हजारभन्दा बढीको सहभागीता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);