राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको पनि आर्थिक पारदर्शिता हेर्नुपर्छः योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको पनि आर्थिक पारदर्शिता हेर्नुपर्छः योगेश भट्टराई

काठमाण्डौ, १९ भाद्र
नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताउनुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले राजनीतिक दलसम्बन्धि ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरुको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी राजनीतिक पार्टीहरुलाई पारदर्शी र जवाफदेही बन्नुपर्ने बताउनु भयो । उहाँले समितिले दलको खर्चको स्रोत ,पार्टी सञ्चालन खर्च हेर्नुपर्ने बताउनु भयो । उहाँले दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरूजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुनः मन्त्री बन्ने नबन्ने, टिकट दिने नदिने सम्बन्धित दलले निर्णय गर्ने बताउनु भयो। उहाँले पार्टीमा काम गरेपछि त्यो व्यक्तिले गरेको कामको प्रतिवेदन दललाई बुझाउनुपर्ने बताउनु भयो । सांसद भट्टराईले समितिले निर्णयकर्ता र कार्यान्वयन कर्तालाई जिम्मेवार बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले निर्णयकर्ता मन्त्री,प्रधानमन्त्री वा तोकिएको कार्यालय प्रमुख हुने बताउनु भयो । उहाँले त्यो व्यक्ति जिम्मेवारीबाट हटेपछि आफ्नो कार्याकालमा त्यो काम गर्ने व्यक्ति नै संवैधानिक अंग र नियोगहरुमा नियुक्ति हुने बताउनु भयो । उहाँले त्यस्तो विषयमा निश्चित सीमा बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।
उहाँले जसको कार्यकालमा भ्रष्टाचार वृद्धि छ, बेरुजु फछ्र्यौट छैन,आर्थिक अनियमितता छ भनेपनि सरकारले त्यस्तो व्यक्तिलाई अख्तियारमा,निर्वाचन आयोगमा लगायतमा नियुक्ति गर्ने गरेको भन्दै त्यस्तो गर्नु नहुने बताउनु भयो । उहाँले यस्ता विषयमा पनि समितिले कानूनी रुपमा जवाफदेहिता खोज्ने काम गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले आर्थिक कार्यविधि ऐनमा समस्या भए सरकारले संशोधन गर्नुपर्ने बताउनु भयो । उहाँले लेखा सुशासनसँग जोडिएको समिति भएकाले आवश्यक परे कारबाही गर्नेसम्मको सिफारिस र निर्देशन दिइनुपर्ने बताउनु भयो ।

Leave a Reply