कसैलाई आतंकित पार्नु हुँदैन् : योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कसैलाई आतंकित पार्नु हुँदैन् : योगेश भट्टराई

काठमाडौं, १८ जेठ । लेखा समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति गठन भएको छ । प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति बनाएको हो ।

बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले नेपाली काँग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो ।

बैठकमा बोल्दै नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले सार्वजनिक लेखा समितिले सरकारले गर्ने आर्थिक क्रियाकलापलाई नजिकबाट हेर्ने भएकाले समितिप्रति जनताको भरोसा रहेको बताउनु भयो । उहाँले अहिले मुलुकमा अख्तियारजन्य र भ्रष्टाचारका प्रश्नहरु उठिरहेको भन्दै लेखा समिति सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक लेखा समिति मन्त्री र सांसदलाई आतंकित गर्ने थलो नभई सहजीकरण गर्ने थलो रहेको बताउनु भयो । उहाँले समितिले कसैलाई आतंकित पार्नु नहुने भन्दै ठीक बेठीक हेरेर तथ्यका आधारमा निस्कर्ष निकाल्नु पर्ने बताउनु भयो। उहाँले समितिले सत्तापक्ष, को प्रतिपक्ष सबैलाई एकरुपमा हेर्नुपर्ने बताउनु भयो।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);