खाना पकाउने ग्यासको मुल्य कति पुग्यो ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

खाना पकाउने ग्यासको मुल्य कति पुग्यो ?

काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले यसबारे जानकारी दिएको छ ।

निगमका अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो। अब काठमाडौंमा पेट्रोलको मुल्य १ लिटरको १७८ रुपैयाँ पुगेको छ ।

साथै, खाना पकाउने ग्यासमा एकैपटक २३५ रुपैयाँ मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मुल्य १६७ र खाना पकाउने ग्यासको मुल्य १८९५ रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूचीका आधारमा नेपाल आयल निगमले मूल्य बढाएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);