जात्रा हेर्न गइरहेका एक पुरुषको बाटो मै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

जात्रा हेर्न गइरहेका एक पुरुषको बाटो मै मृत्यु

death body

दार्चुला,१३ भदौ । दार्चुलामा सुर्माभवानी जात्रा हेर्न गइरहेका एक जना पुरूषको बाटोमै मृत्यु भएको छ। अपि हिमालमा जारी सुर्माभवानीको जात्रा हेर्न क्षत्ति जाने क्रममा मंगलबार अपि हिमाल गाउँपालिका–६ रुगुर का महाविर महताको बाटोमै मृत्यु भएको हो ।

अपि हिमाल गाउँपालिका–३ कटेलीगाड महादेवस्थान पुगेको बेला महताको मृत्यु भएपछि शव पोष्टमार्टमका लागि लटिनाथ स्वास्थ्य केन्द्र ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

शवको पोष्टमार्टमपछि आजै आफन्तलाई बुझाइनेछ ।

Leave a Reply

ताजा समाचार