काठमाडौं,१२ भदौ । मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डा.उज्ज्वल कोइराला बेपत्ता भएका छन् । झापा दमकका कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सोमबारदेखि बेपत्ता भएका हु्न् ।
उनले राखेको जुत्ता, मोजा र मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका अनुसार परिवारलाई पनि उनने केही बताएका थिएनन् । हिजोदेखि बेपत्ता डा.कोइरालाको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ ।
डाक्टर कोइरालाले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।