एमाले लक्षित माधव नेपालको कटाक्षः हाम्रो पार्टी बिस्तारित हुँदा कतिपय आतंकित बनेका छन् | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

एमाले लक्षित माधव नेपालको कटाक्षः हाम्रो पार्टी बिस्तारित हुँदा कतिपय आतंकित बनेका छन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी बिस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यतालाई पुष्टि गरेको बताउनु भयो ।

उहाँले नेकपा एमालेप्रति इंगित गर्दै आफ्नो पार्टीको उपस्थिति राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चा लगायत जुनकुनै स्थानमा अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको भन्दै टिप्पणी गर्नुभयो । उहाँले आफूहरु बिध्वंशक नभएकाले आतंकित नहुन आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले समाजवादी शक्ति एक ठाउँमा ल्याएर नेपालमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);