मुग्लिन । मुग्लिङ–काठमाडौं सडक दुइतर्फी अवरुद्ध भएको छ ।
चितवनको नाग्दी खोला नजिकै पहिरो खसेपछि मुग्लिङ–काठमाडौं सडक दुइतर्फी अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको बुझिएको छ । लगातार पानी परिरहेकाले पहिरो पन्छ्याउने केहि ढिला भएको प्रहरीले जनाएको छ ।