दुर्इ गोलले पछि परेको बार्सिलोना यसरी खेलमा फर्कियो | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

दुर्इ गोलले पछि परेको बार्सिलोना यसरी खेलमा फर्कियो

barcilona ko match

काठमाडौं,१ माघ । स्पेनिस ला लिगाको यस सिजनमा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोनाले आफ्नो उत्कृष्ट लयलाई यथावत राखेको छ । आइतबार राति भएको लिगको खेलमा रियल सोसिडाडमाथि ४ \२ को जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको छ ।

एनोटा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता भने रियल सोसिडाडले बनाएको थियो । ११ औ मिनेटमा विलियन जोसले गोल गरी बार्सिलोनालाई १ \० ले पछि पारेका थिए । ३४ ओं मिनेटमा जायन्मिले गोल गरी रियल सोसिडाडको अग्रता दोब्बर बनाए।
बार्सिलोनाका लागि ३९ औं मिनेटमा पाउलिन्होले गोल गरी खेल २ \ १ को अवस्थामा पुर्‍याए । पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाका लागि सुवारेजले दोस्रो हाफको ५० औं मिनेटमा गोल गरी खेललाई बराबरी गरे भने ७१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८५ औं मिनेटमा मेसीले फ्रिकिक मार्फत सुन्दर गोल गर्दा बार्सिलोना ४ \ २ को जित निकाल्न सफल भयो।

यस जितसंगै शीर्ष स्थानमा रहेको बार्सिलोनाको १९ खेलबाट ५१ अंक पुगेको छ । समान खेल खेलेका एथ्लेटिको मड्रिड ४२ अंकसहित दोस्रो स्थानमा, ४० अंक रहेको भ्यालेन्सिया तेस्रो स्थानमा र १८ खेल खेलेको रियल मड्रिड ३२ अंकसहित चौथो स्थानमा रहेको छ ।

आइतबार नै भएका ला लिगाका अन्य खेलमा सेल्टा भिगोले लेभान्टेलाई र अलाभेजले सेभिल्लालाई समान १–० ले पराजित गरे भने स्पानिओल र यथ्लेटिक विल्बाओले १–१ को बराबरी खेले । आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);