काठमाडौं । साताको कारोबारको अन्तीम दिन सेयर बजार परिसूचक नेप्से ३१.५२ अंकले घटेको छ ।
नेप्से आज १.५४ प्रतिशतले घटेर २०१३.९३ बिन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचक घटेपनि कारोबार रकम भने यस दिन अघिल्लो दिनको तुलनामा केही बढेको छ । आज १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँ पुगेको छ।
आज २७५ वटा धितोपत्रको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर किनबेच भएको हो।




