काठमाडौं । साताको कारोबारको अन्तीम दिन बिहिबार नेप्से परिसूचक ०.०६ अंकले घटेको छ । नेप्से ०.०६ अंकले घट्दा नेप्से इन्डेक्स २०४९.३८ विन्दुमा पुगेको हो ।
नेप्सेमा घटेपनि आज कारोबार रकममा केहि सुधार आएको छ । आज ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार माथिको कारोबार भएको हो ।
आज ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको सेयर मूल्य घटेको छ । आज हाइड्रो कम्पनीतर्फका सेयरहरु बढेको छ ।




