काठमाडौँ, ७ भदौ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
संसद् सचिवालयको अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७–०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८–०७९” पेस गर्ने आजको बैठकको कार्यसूची रहेको छ ।
गत साउन १० गतेदेखि अबरुद्ध सदन बुधबारदेखि पुन सुचारु भएको हो ।