शीर्ष नेताहरुबीच सदन सञ्चालन गर्न दुईबुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

शीर्ष नेताहरुबीच सदन सञ्चालन गर्न दुईबुँदे सहमति

काठमाडौं, ६ भदौ । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो ।

बैठकले सहमतिको मस्यौदा तयार गरेको छ । केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुने बुझिएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए ।

गत साउन १० गतेदेखि नै एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गर्दै संसद अबरुद्ध गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);