इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा खानाको अभावमा १४ सयले ज्यान गुमाएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा खानाको अभावमा १४ सयले ज्यान गुमाएको खुलासा

एजेन्सी । इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा चोरी भएको भन्दै खाद्य सहायता स्थगित गरिएपछि कम्तीमा १ हजार ४ सय मानिसहरूले खानाको अभावमा ज्यान गुमाएको खुलासा भएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम र अमेरिकाको अग्रणी खाद्य सहायता एजेन्सीले टिग्रेमा दिँदै आएको खाद्य सहायता चार महिनाअघि रोकेका थिए । टिग्रेका अधिकारीहरूले त्यसलगत्तै गरेको अनुसन्धानले करिब ५ सय जना मानिसहरू चोरीमा संलग्न भएको पत्ता लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । टिग्रे सन् २०२० मा बीभत्स हिंसाबाट गुज्रिएको थियो जसले त्यहाँ भोकमरी जस्तै अवस्था निम्तिएको छ ।

अफ्रिकी सङ्घको मध्यस्थतामा इथियोपिया सरकार र टिग्रे पिपुल्स लिबरेसन आर्मीले शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै गत नोभेम्बरबाट युद्ध अन्त्य भएको थियो । इथियोपियाको सेनाको तर्फबाट इट्रिटियन फौजले युद्ध लडेको थियो । युद्धको अधिकांश समय उक्त क्षेत्रमा नाकाबन्दी भएका कारण त्यहाँ मानवीय सहायता पनि रोकिएको थियो । अफ्रिकी सङ्घका दूत समेत रहनुभएका नाइजिरियाका पूर्वराष्ट्रपति ओलुसेगु ओबासान्जोले दुई वर्षको युद्धमा छ लाख मानिसहरू मारिएको जिकिर गर्नुभएको छ ।

अनुसन्धानहरूले लाखौँ मानिसहरू द्वन्द्व, भोकमरी र स्वास्थ्य उपचारको अभावमा मारिएको उल्लेख गरेका छन् । राष्ट्रसङ्घको खाद्य कार्यक्रम र अमेरिकी सहायता कार्यक्रमले करिब ६० लाख टिग्रियनहरूलाई सहयोग गर्न सहकार्य गरेका थिए । तर उनीहरूले गत एप्रिलमा आफूहरूले पठाएको सहायता पाउनुपर्ने व्यक्तिहरूसम्म नपुग्दै स्थानीय बजारमा पठाइएको थाहा पाएपछि त्यसलाई केही समय रोक्ने घोषणा गरे ।

टिग्रे र राजधानी मेकालेका बजारमा बिक्रीका लागि राखिएका खाद्य सामग्रीहरूमा विश्व खाद्य कार्यक्रम र यूएसएडको छाप लगाइएको पाइएको थियो । विश्व खाद्य कार्यक्रम र यूएसएडले गत जुनबाट इथियोपियाका बाँकी सबै ठाउँमा पनि खाद्य सहायता स्थगित गर्ने घोषणा गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);