हवाई डढेलोमा मृत्यु हुनेको संख्या ११० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

हवाई डढेलोमा मृत्यु हुनेको संख्या ११० पुग्यो

सिन्ह्वा । अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ ।

बुधवार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले ११० जनाको ज्यान गएको हवाई राज्यका मेयर जोस ग्रिनले बताउनुभएको हो ।

जलेको भूभागमध्ये बुधवारसम्म ३८ प्रतिशत भूभागमा खोजि गरिसकिएको बताइएको छ । माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा अनुसन्धान गरिसक्ने आशा गरेको बताउनु भयो । यो आगलागी अमेरिकामा एक शताब्दीपछिकै ठूलो हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);