स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर जमिनमा डढेलो | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर जमिनमा डढेलो

एजेन्सी, ३२ साउन । स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर क्षेत्रफल जमिनमा डढेलो लागेको छ । बुधवार आगोका कारण सडक सञ्जालसमेत बन्द भएको थियो । बिबिसिका अनुसार बुधवार बिहान आगोका कारण खालि गरिएका क्षेत्रहरुमा एरेट, चिविसिया, मिडिया मोन्टाना, अजाफोना र लस लागुनेटास लगायतका स्थान छन् ।

क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले मंगलवारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा नआएको बताउनु भयो । टापुको उत्तरपूर्वमा अराफो र क्यान्डेलेरियाका साना शहरहरु बीचको असहज भूभागका कारण आगो निभाउन जटिल भएको हो । क्यान्डेलेरियाका मेयर मारिया कन्सेपसियन ब्रिटोले आगो अन्य नगरपालिकाहरुमा फैलिनसक्ने भन्दै शतर्क रहन चेतावनी दिनुभएको छ ।

अहिले करिव १५० दमकल, १३ विमान र हेलिकप्टरको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन स्पेनिस मिलिटरी इमर्जेन्सी युनिट (युएमई) परिचालन गरिएको छ । ५० सेना पहिला नै सो क्षेत्रमा तैनाथ गरिएको छ । युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);