संसद अवरोध गर्नु जायज छैनः प्रदीप यादव | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

संसद अवरोध गर्नु जायज छैनः प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभएको छ ।

सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर संसदमाथि खेलवाड गरेको बताउनुभएको हो । उहाँले यतिखेर संसद अवरोध गर्नु जायज नभएको भन्दै संसद अवरोध गर्न एमालेले नाटक रचेको बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको बताउनु भयो । उहाँले समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको भएको बताउनु भयो । उहाँले प्रहरीमाथि विश्वास गर्नुपर्ने बताउनु भयो ।

सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएको बताउनु भयो । उहाँले तत्कालिन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको बताउनु भयो । उहाँले सो घटनाको छानबिन दुईवटा उच्चस्तरीय समितिले गरेको भन्दै छानबिन समितिले सरकारलाई दिएको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);