प्रतिपक्षले सुनियोजित रुपले संसद बैठक अवरोध गर्योः सांसद मगर | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

प्रतिपक्षले सुनियोजित रुपले संसद बैठक अवरोध गर्योः सांसद मगर

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा संसद बैठक अवरोध गरेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद बैठक नियतवश र सुनियोजित रुपमा गरिररहेको बताउनुभएको हो ।

उहाँले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानूनहरु निर्माण गर्न नदिनका लागि संसद बैठक अवरोध गरिएको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदापनि संसद विघटन गरेको र प्रतिपक्ष हुँदा पनि स–सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको बताउनु भयो । प्रतिपक्षको अवरोधको कारण संसद आफ्नो अधिकार र कर्तव्यबाट बिमुख हुनुपरेको उहाँले बताउनु भयो ।

उहाँले संसद बैठक सुचारु गर्न सबैको ध्यान जानुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);