नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन फुट्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन फुट्यो

काठमाडौं । देशभर पेट्रोलियम पदार्थको कारोवार गर्ने व्यवसायीहरुको संगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन फुटेको छ ।

एसोसिएसनमा आवद्ध केही व्यवसायीहरुले काठमाडौ जिल्ला प्रशासनमा नेपाल पेट्रोलियम व्यवसायी संघ नामको बेग्लै संस्था दर्ता गरी संचालनमा ल्याएका छन् ।

अध्यक्ष केदार प्रसाद पाठक र महासचिव आत्मराम थापा रहेको संघले अब देशब्यापी रुपमा संगठन विस्तार गर्ने जनाएको छ । एसोसिएसनको नेतृत्वमा केही व्यवसायीहरुले हालीमुहाली गरेको, आर्थिक अनियमितता देखिएको, विमा वापत रकम उठाएर पारदर्शिता हिसाव सार्वजनिक गर्न नचाहेको लगायतका कराण जनाउदै नयाँ संस्था गठन गर्नु परेको नव पदाधिकारीहरुले बताएका छन् ।

एसोसिएसनले वर्षमा २ खर्व ८५ अर्वको करोवार गर्ने व्यवसायीबाट बिमा रकम उठाएर करिव ५ करोडको मात्र हिसाव राखेको संघको दावी छ ।

अब एसोसिएसन मार्फत गरिदै आएको पारवहन विमान संघ कम गरिने र त्यसको नेको इन्सुरेन्स संग संझौता पनि भैसकेको संघले विज्ञप्ती मार्फत जनाकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);