खाँदबारी कारागारमा दुई कैदीको मृत्यु भएको घटनामा अनुसन्धान सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

खाँदबारी कारागारमा दुई कैदीको मृत्यु भएको घटनामा अनुसन्धान सुरु

संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा कुटपिटबाट दुईजना कैदीको मृत्यु भएको घटनामा अनुसन्धान सुरु भएको छ ।

घटनामा संलग्न प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको हो । कुटपिटबाट कैदी संखुवासभाको मादी नगरपालिकाका विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिकाका आकाश बलामीलाई बुधबार बिहान मृत्यु भएको हो । दुवैको कुटपिटबाट मृत्यु भएपछि अनुसन्धान सुरुभएको हो ।

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी तोलांगी र बलामीलाई बुधबार बिहानका राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएपछि कुटपिट भएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको पुष्टि भएको हो ।

यसपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको हो । पीडित पक्षको किटानी जाहेरीको आएपछि म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित ५ जना कैदीबन्दी संलग्न भएको देखिएको छ । गृह मन्त्रालयले समेत छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ ।

टोलीले पनि अनुसन्धान सुरु गरेको छ । अहिले संखुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ जना कैदीबन्दी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);