काठमाडौं, २४ साउन । आज पनि प्रतिनिधि सभा बैठक अबरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आजको बैठक स्थगित भएको हो ।
सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने एमाले सांसदहरूको माग छ । उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक आजको लागि स्थगित गरेको जानकारी दिएका हुन् ।
घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन् ।




