रविको ‘मोबाइल क्लिनिक’ एम्बुलेन्स पुुरानो मेडिकल कलेजलाई फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

रविको ‘मोबाइल क्लिनिक’ एम्बुलेन्स पुुरानो मेडिकल कलेजलाई फिर्ता

काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको क्षेत्र न २ मा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई बुझाएको छ । ६५ वर्ष माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने उद्देश्यले रास्वपाले सञ्चालनमा ल्याएको ना २ ख नम्बरको एम्बुलेन्स पुरानो मेडिकल भरतपुरलाई नै फिर्ता गरेको बुझिएको छ ।

पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र २ बाट आफू विजयी भएको १ वर्ष पुरा भएको अवसरमा कलेजको एम्बुलेन्सलाई आफ्नै पार्टीको जस्तो झण्डाको निलो रंग लगाएर गत साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याएका थिए । त्यसअघि उक्त एम्बुलेन्स सेतो रंगको भएको बुझिएको छ । एम्बुलेन्सको वास्तविक रंग परिवर्तन गराएर एम्बुलेन्सको लेखेको मेटाएर मोबाइल क्लिनिक लेखेपछि विवाद सुरु भएको थियो ।

पार्टीले अब एम्बुलेन्सको सट्टा भ्यानको व्यवस्था गर्ने र मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी गरेको छ । उक्त एम्बुलेन्स भारतीय दुतावासले ११ वर्ष अगाडी मेडिकल कलेजलाई दिएको थियो । सोही एम्बुलेन्सको नविकरण गरेर गत साउन १४ गते मोबाइल क्लिनिकको रुपमा सञ्चालन गर्ने घोषणा गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);