काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका ६ जना खेलाडीलाई भारत पठाउने भएको छ ।
क्यानले ६ जना खेलाडीलाई ट्रेनिङका लागि भारत पठाउन लागेको जानकारी दिएको छ ।
कमल ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्रि, सागर ढकाल र लोकेश बमलाई भारत पठाउने निर्णय गरेको क्यानले जनाएको छ । उनीहरुलाई प्रदिप साहुको प्रशिक्षणमा र राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईको निरिक्षणमा राखिने छ ।
नेपाली क्रिकेट खेलाडीको विकासको लागि खेलाडीहरुलाई भारत पठाइएको क्यानले जनाएको छ ।