रास्वपाको केन्द्रीय विभागमा स्नातकोत्तर र स्थानिय तह प्रमुख हुन प्लस टु उत्तीर्ण हुनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रास्वपाको केन्द्रीय विभागमा स्नातकोत्तर र स्थानिय तह प्रमुख हुन प्लस टु उत्तीर्ण हुनुपर्ने

काठमाडौं, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका बिहीबार बसेको बैठकले केन्द्रीय विभागका पदाधिकारीलगायतको प्रमुख हुन शैक्षिक योग्यता तोकेको छ । पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुख हुनका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको हो ।

पार्टीको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको स्रोतले जनाएको छ ।

पार्टीले प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उत्तीर्ण हुनुपर्ने पनि मापदण्ड बनाइएको छ । त्यस्तै स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);