क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे श्रीमतीसँग सम्बन्धविच्छेद | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे श्रीमतीसँग सम्बन्धविच्छेद

टोरन्टो, १८ साउन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले १८ वर्षपछि श्रीमती सोफीसँग अलग भएको घोषणा गरेका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोले बुधबार एक इन्स्टाग्राम पोस्टमा आफू र उनकी श्रीमती सोफी अलग भएको घोषणा गरेका हुन् ।

जस्टिन ट्रुडो र सोफीले इन्स्टाग्राममा पोष्ट गरेको बयानमा लामो कुराकानीपछि छुट्टिने निर्णय गरेको स्पष्ट पारेका छन् । यसबाहेक प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा दुवैले कानुनी पृथकीकरण सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ ।

उनीहरु दुबैले सन् २००५ मा विवाह गरेका थिए । ४८ वर्षीया सोफी क्युबेकमा टेलिभिजन रिपोर्टर पनि थिइन्। उनले ५१ वर्षीय जस्टिन ट्रुडोसँग तीनवटा चुनावमा पनि प्रचार गरेकी छिन् । उनी धेरै पटक महिला अधिकार र मानसिक स्वास्थ्य समस्याहरूको वकालत गर्दै आएकी छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);