एक महिलाले तीन मिनेटमै तीन बच्चालाई जन्म दिएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एक महिलाले तीन मिनेटमै तीन बच्चालाई जन्म दिएपछि…

एजेन्सी, १७ साउन । भारतमा एक महिलाले तीन मिनेटमै ३ बच्चाहरुको जन्म दिएकी छिन् । चित्तौडगढ जिल्लाको बडिसादडीस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा मंगलबार एक महिलाले तीन बच्चा जन्माएकी हुन् । ३ मिनेटमा जन्मिएका बालबालिकामध्ये एक छोरा र दुई छोरी छन् । तीनै बालबालिकालाई निगरानीमा राखिएको छ ।

उदयपुरको वल्लभनगरको मङ्गरी फला गाउँकी कविता मीनालाई सुत्केरीको दुखाईका कारण सोमबार राति ११ः४५ बजे भर्ना गरिएका थियो । जसको उपचार उनकै निगरानीमा भइरहेको थियो ।

शल्यक्रियापछि उनले १२ः३६ मा छोरा, १२ः३७ मा एक छोरी र १२ः३८ मा अर्की छोरीलाई जन्म दिइन् । तीन मिनेटमा तीनै बच्चा जन्मिएका हुन् । तीनै बच्चा र आमा स्वस्थ रहेको चिकित्सकले बताएका छन् । छोराको तौल २ केजी १०० ग्राम, छोरीको तौल २ किलो र तेस्रो छोरीको तौल १.५ केजी छ । बालबालिकालाई निगरानीमा राखिएको छ ।

बच्चाका बुबा मदनलाल रावत सूरतमा काम गर्छन्। महिलालाई प्रोटिनयुक्त घरेलु खानेकुरा र फलफूल खान भनिएको छ । महिलाको पहिले नै एक छोरा छन् । उनको जन्म उदयपुर अस्पतालमा भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);