इपीएस कोरिया शाखाले खुलायो आवेदन (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

इपीएस कोरिया शाखाले खुलायो आवेदन (सूचनासहित)

EPS-korea-stimnews

काठमाडौँ,१४ साउन । इपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन खुल्ला गरेको छ । आइतबार सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा खुलाएको हो ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख गरिएको छ ।

आगामी साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);