काठमाडौँ,११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ६ प्रदेशमा प्रदेश कमिटी अधिवेशनको मिति र स्थान तोकेको छ ।
एमालेले गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको हो । सम्बद्ध प्रदेश कमिटीको बैठकले आआफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् ।
कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको जनकपुरमा असोज ५ र ६ गते, बागमतीको असोज ८ र ९ गते काठमाडौँ, लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशनको मिति र स्थान तोकेको हो । गण्डकी प्रदेशको भने साउन २२ गते बस्ने बैठकले अधिवेशनको मिति तोक्नेछ ।




