‘लम्की स्किन’ रोगबारे सरकारलाई सचेत गराउन एमालेले झ्याली पिट्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

‘लम्की स्किन’ रोगबारे सरकारलाई सचेत गराउन एमालेले झ्याली पिट्ने

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले गाई बस्तुमा लाग्ने ‘लम्की स्किन रोग’ बारे सरकारलाई सचेत गराउन साउन १७ गते माइतिघर मण्डलामा झ्याली पिट्ने कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार बसेको बैठकले सरकारले गाई गोरुमा महामारीको रूपमा फैलिएको लम्की स्कीनको बारेमा कुनै चासो र चिन्ता नगरेको भन्दै एमाले काठमाडौं महानगर कमिटीले विरोध कार्यक्रम आयोजना गरेको काठमाडौं महानगर कमिटी इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले बताए ।

फुयालका अनुसार लम्की स्किनबाट अहिलेसम्म ४ लाख गाई गोरुको मृत्यु भइसकेको छ । १ अर्ब बढीको क्षति भइसक्दा पनि सरकारले यो विषयलाई कुनै चासो नदिएको उनको आरोप छ ।

गाईगोरुमा लाग्ने यो एक प्रकारको भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस)बाट गाईभैंसीहरूमा लाग्ने रोग हो । यो रोग भैंसीहरूमा भन्दा गाईहरूमा बढी देखिन्छ ।

सुरुमा अफ्रिकामा सीमित यो रोग सन २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, काजकिस्तान हुँदै बंगलादेश र भारतमा पनि केही महिना अगाडि देखा परेको थियो । अहिले नेपालको मोरङ्ग, झापा लगायत पूर्वी क्षेत्रबाट सुरु भएको यो रोग देशव्यापी रूपमा फैलिरहेको छ ।

वर्खामासको समयमा किसानले खेती गर्ने तर, यहि बेला गोरुहरू विरामी पर्दा किसान मर्कामा परेका छन् । किसानलाई परेको यस्तो संकटको बेलामा समेत सरकारले सहयोग नगरेको भन्दै एमालेले विरोध प्रदर्शन गर्ने तथा कृषि मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको फुयालले बताए ।

बैठकले अन्य विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । महानगरको ३२ वटै वडामा विभिन्न कार्यक्रम गर्न ७ बुँदे निर्देशन जारी गरेको छ । वडामा कार्यक्रम गर्नका लागि महानगर कमिटीका पदाधिकारीहरूलाई वडा संयोजकको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै युवा संघ, विद्यार्थी लगायत संगठनहरूलाई समेत परिचालन गर्ने निर्णय बैठकले गरेको छ । सरकारविरुद्धको विरोध कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी युवा संघलाई दिइएको छ ।

प्रदेश कमिटी सदस्य शिव सुन्दर राज वैद्यले नेकपा एमाले जनतनामा आधिरित पार्टी भएको बताए । उनले आफूलाई चित्त नबुझेको विषय पार्टी कमिटीको बैठकमा प्रष्ट रूपमा राख्न आग्रह गरे । उनले मिसन २०८४ लाई लक्षित गर्दै पार्टीका कार्यक्रम गर्ने उनले बताए ।

काठमाडौं जिल्ला कमिटि सदस्य श्याम नापितले पार्टीलाई एकजुट बनाएर लैजाने, घर–घरमा गएर पार्टीले गरेको कामलाई प्रचार गर्ने, वडा कार्यालयले गरेको कामसमेत प्रचार गर्ने बताए ।

काठमाडौं महानगर कमिटीकी उपसचिव तथा जनप्रतिनिधि सृजना भेटवालले महिला सम्बन्धी सम्पूर्ण कार्यक्रम सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का सचिवालय सदस्य भावनाथ झाको पनि उपस्थित रहेको थियो ।

महानगर कमिटी सदस्य तथा वडा नम्बर १३ का इन्चार्ज रामेश्वर पौडेलले अन्तरपार्टी निर्देशन पढेर सुनाएका थिए । कार्यक्रम सञ्चालन रञ्जी महर्जनले गरिकी थिइन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);